बकैयामा दुर्घटना भएको बसको तस्बिर

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर –३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिन्धुलीबाट हेटौंडा तर्फ आउदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषी तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

भ्रमण सकेर फर्किदै गरेको अवस्थामा गएराती ९:३० बजेको समयमा चिसापानीबजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौडा तर्फ आउदै गरेको घुम्तिमा दुर्घटना भएको उनले बताए । उनका अनुसार दुर्घटनामा बसमा चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।

दुर्घटनामा मकवानपुर भिमफेदी-३ बुल्मिङ बस्ने वर्ष ४६ को श्रीराम बज्यु, भिमफेदी-५ ज्यामिरे बस्ने वर्ष ५५ की रिता कुमारी मगर, चितवन राप्ति-२ गडौली बस्ने वर्ष २९ को पशुको डा. सरोज ओझा, डा. ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी-६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाककी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीमफेदी-५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भइ उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए ।

त्यस्तै दुर्घटनामा घाइते भएका मकवानपुर भिमफेदी-२ निगाले बस्ने वर्ष ४५ को दिलिप राज बुलन, भिमफेदी-५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढि-३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा-११ थानाभर्याषङ बस्ने वर्ष २९ को उज्वल राना मगरको उपचार पश्चात् डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

त्यसैगरी दुर्घटनामा भीमफेदी-६ भदौरे बस्ने वर्ष ३२ को सुदिप पराजुली, भीमफ्फेदी-२ चौकीडाँडा बस्ने वर्ष २७ को सुयास पाख्रिन, भीमफेदी-९ झिरघारी बस्ने वर्ष २७ को शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ को हित चन्द्र मोत्तान, भीमफेदी-२ को वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौंडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालको भनाई छ ।

दुर्घटनामा परेर घाइते भएका हेटौंडा-१८ बस्ने वर्ष २५ को रुबिन घर्ति, भीमफेदी-३ बस्ने वर्ष ५३ को बुद्विसिंह दोङ, भिमफेदी-८ बस्ने वर्ष ३९ की सिता थिङ, सोही स्थान बस्ने बस्ने वर्ष ३५ कि सुर्य माया घलान, भीमफदी-१ बस्ने वर्ष ५० को करणध्वज पाख्रिन, हेटौंडा-१८ हर्नामाडी बस्ने वर्ष २९ को विमल ढुंगाना, भीमफेदी-४ चिउरी बगैचा बस्ने वर्ष ४० को कृष्णहरी गाहा मगर, भीमफेदी-७ मान्डु बस्ने वर्ष अं. ३८ को सुजन प्रजा, भीमफेदी-८ गँगटे बस्ने वर्ष ४३ को मान बहादुर लामा, भीमफेदी-१ सानुटार बस्ने वर्ष ४२ को राजेन्द्र कुमार स्याङतान, भीमफेदि गाँउपालिकाको कृषि प्राविधिक वर्ष २९ को सानु कान्छा घिसिङ, भीमफेदि गाँउपालिकाको पशु प्राविधिक वर्ष ३१ को पुष्पलाल बज्यु, भीमफेदी-३ बस्ने वर्ष ४८ को अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई-५ बस्ने वर्ष ३२ को सतिह दाहाल उपचार पछि डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

बासका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेको छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भईरहेको प्रवक्ता अर्यालले बताए ।