अभिभावक दिवसमा नृत्य प्रस्तुत गर्दैै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीले शनिबार अभिभावक दिवस कार्यक्रम आयोजना गरेको छ । बालसाहित्य लेखक यशु श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिएको अभिभावक भेलामा विद्यार्थीले उद्घोषण, नृत्य, गायन, अभियन कला प्रस्तुत गरेका थिए । अभिभावक दिवसको अवसरमा विद्यार्थीले विज्ञानको प्रयोगात्मक अभ्यास, चित्रकला प्रदर्शन समेत गरेका थिए ।

अभिभावक दिवसको अवसरमा गायन, नृत्य र अभिनय कलामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । १० कक्षासम्म पठनपाठन हुने कमाने एकेडेमीमा ६ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयकी प्रिन्सीपल प्रतिभा डंगोलले विद्यार्थीलाई व्यवहारिक र प्रभावकारी सिकाईका लागि निरन्तर प्रयास गर्दै आएको र अभिभावकलाई पनि साथ र सहयोग गर्न आग्रह गर्नुभएको छ । चालु शैक्षिक सत्रमा सभा हल निर्माण गरिएको, खेल मैदान बनाइएको, चित्रकलाको शिक्षक नियुक्त गरिएको, नृत्य, गायन, चित्रकलाको प्रतिस्पर्धा आयोजना गरिएको, गणित, विज्ञानको प्रयोगशाला तयार पारिएको प्रिन्सीपल डंगोलले जानकारी दिनुभयो ।

शिक्षक फेरिनु, नियमित मासिक शूल्क नउठ्नु, अभिभावकको शिक्षासम्बन्धी बुझाई विद्यालयका लागि चुनौतिको विषय भएको उहाँले बताउनुभयो । यसअघि शुक्रबार विद्यालयले युकेजी कक्षाका विद्यार्थीलाई दीक्षित गरेको थियो ।