हेटौँडा : समृद्ध युवा बचत कोषको अध्यक्षमा युवराज गौतम निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडा–७, न्यूरेनीस्थित पशुपति मन्दिरमा दिपेश लामिछानेको अध्यक्षतामा भएको आठौं अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
कोषको उपाध्यक्षमा दिपेन्द्र महत, सचिवमा मनोज कुमार गौतम, कोषाधयषमा विकास दूलाल, सदस्यमा विक्रम लुइटेल, नारायणप्रसाद दाहाल, रोशन श्रेष्ठ, पुरुषोत्तम रिजाल र अशोक चौलागाई निर्वाचित हुनुभएको छ । अधिवेशनमा कोषका संस्थापक अध्यक्ष किरण लामिछाने, पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुवोध रिमालको पनि आतिथ्य रहेको थियो । ३५ जना सदस्य रहेको कोषमा मासिक बचत गरी आपसमा सापटी समेत सञ्चालन गर्दै आएको छ । युवाले आपसमा बचत तथा सापटीको अभ्यास सँगसँगै सामाजिक सेवाको क्षेत्रमा पनि काम गर्दै आएको छ । कोषले विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्दै आएको छ ।