Home मुख्य समाचार इन्द्रसरोवरको बतासेमा सुमो दुर्घटना, ३ जनाको अवस्था गम्भीर

इन्द्रसरोवरको बतासेमा सुमो दुर्घटना, ३ जनाको अवस्था गम्भीर

दुर्घटनाग्रस्त सुमो ।

हेटौँडाः हेटौँडा–काठमाडौं छोटोमार्ग अन्तर्गत इन्द्रसरोवर–२, बतासेमा सुमो दुर्घटना भएको छ । बुधबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा रौतहटको गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमोको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेहरुको उद्दार गरी उपचारका लागि काठमाडौं पठाएको जानकारी दिएको छ । दुर्घटनामा परी १ जना मध्यम तथा ५ जना सामान्य घाइते भएका छन् । सुमोमा चालकसहित १० जना सवार थिए ।

Exit mobile version