हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–५, छबेलीस्थित नेपाली सेनाको जवान व्यारेकमा आगलागी भएको छ । बुधबार बिहान ८ बजेर १५ मिनेटको समयमा नेपाली सेनाको बहुउद्देश्यीय प्लाष्टिक उद्योगको जवान व्यारेकमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाको दमकल प्रयोग गरेर बिहान १० बजेको समयमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । आगो निभाउने कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोग रहेको प्रहरीले उल्लेख गरेको छ ।