Home मुख्य समाचार हेटौँडा औद्योगिक क्षेत्रअगाडि ग्यास बुलेट दुर्घटना

हेटौँडा औद्योगिक क्षेत्रअगाडि ग्यास बुलेट दुर्घटना

दुर्घटनाग्रस्त ग्यास बुलेट ।

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–८, औद्योगिक क्षेत्र अगाडि ग्यास बुलेट दुर्घटनामा परेको छ । बिहीबार बिहान ७ बजेर १५ मिनेटको समयमा बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर एन एल ०१ ए ए ५००७ भएको ग्यास बुलेट ब्रेक फेल भई हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको ग १ ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रकसँग ठोक्किएर ग्यास बुलेट सडक छेउमा पल्टिएको छ । दुर्घटनामा कुनै किसिमको मानवीय क्षति नभएको र ग्यास बुलेटका कारण जोखिम नभएको प्रहरीले जानकारी दिएको छ । राजमार्गमा पनि कुनै किसिमको अवरोध नभएको प्रहरीले जानकारी दिएको छ । ग्यास बुलेट धादिङ जिल्लाको धार्केस्थित ग्यास उद्योगका लागि ग्यास लिएर जाँदै गरेको प्रहरीको भनाइ छ ।

Exit mobile version