Home अर्थ/व्यापार सहकारीका सदस्यलाई हेटौँडामा वित्तीय साक्षरता सम्पन्न

सहकारीका सदस्यलाई हेटौँडामा वित्तीय साक्षरता सम्पन्न

साक्षरता कार्यक्रम सम्पन्न भएपछि आयोजक र सहभागीको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–२, बुद्धचोकस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सहकारीको शिक्षा उपसमिति संयोजक प्रभाकर पुडासैनीको सभाध्यक्षतामा हेटौँडा–११, थानाभर्‍याङस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको हलमा एकदिने वित्तीय साक्षरता कार्यक्रम भएको हो ।

कार्यक्रम वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ, भैरवकुञ्ज टोल विकास संस्थाका अध्यक्ष मेगनाथ रेग्मी, डुम्सीडाँडा टोल विकास संस्थाका अध्यक्ष शिव अगस्ती, सिमलटार टोल विकास संस्थाका सचिव दिलमाया रुम्बा, संस्थाका लेखा सुवरीवेक्षण समिति संयोजक पूर्णप्रसाद पुडासैनी, कोषाध्यक्ष राजेन्द्र पुडासैनीको पनि उपस्थिति रहेको थियो । ६६ जना शेयर सदस्य तथा गैरसदस्यको उपस्थिति रहेको वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैंक हेटौँडा शाखाका प्रमुख रामेश्वर अर्यालले गर्नुभएको थियो ।

Exit mobile version