हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४, यामुनडाँडामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ वर्षीय सुशन तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार साँझ ५ बजेको समयमा बालक स्विमिङ पूलमा डुबेर बेहोेश अवस्थामा फेला परेका थिए । बालकलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडिचौर लगिएकोमा साँझ ६ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
