‘उस्ताद’ भोला जोशी

हेटौंडाः संगीतकार ‘उस्ताद’ भोला जोशीको निधन भएको छ । उहाँको ८० वर्षको उमेरमा आज अपरान्ह १२ बजेतिर हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमै निधन भएको हो ।

उस्ताद जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत भर्नु भएको छ । उहाँले तबला, बाँसुरी र हार्मोनियम कलामा पोख्त हुनुहुन्छ । लामो समयदेखि दम र सुगरको रोगी जोशी सेवानिवृत्त शिक्षक हुनुहुन्छ । जोशीको आजै हेटौंडा–९ स्थित त्रिवेणीधाममा अन्तिम संस्कार गरिएको छ ।