हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, दोभानमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३६ वर्षीय श्याम नेसुर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार राती ९ बजेको समयमा नेसुर आफुखुसी घर छोडि हिडेका थिए । नेसुरलाई खोजतलास गर्दै जाँदा बिहीबार बिहान ८ बजेर ३० मिनेटको समयमा बागमती नदीको विचमा ढुङगामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि पाटन अस्पताल ललितपुर लगिएको छ ।