Home खेलकुद हेटौंडा क्याम्पसको वार्षिकोत्सव सम्पन्न

हेटौंडा क्याम्पसको वार्षिकोत्सव सम्पन्न

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई मायाको चिनो प्रदान गरिँदैको तस्वीर ।

हेटौंडा : हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विविध खेलकुद कार्यक्रम तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कृति गर्दै मंगलबार क्याम्पसको ३५ औं वार्षिकोत्सव समापन गरिएको हो ।

गत फागुन ७ गतेबाट सुरु भएर एक सातासम्म विविध कार्यक्रमका साथै मंगलबार समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्दै वार्षिकोत्सव समापन गरिएको हो । प्रतियोगिताका विजेताहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन कार्यक्रममा शिक्षक सेवा आयोगबाट लिइएको प्राथमिक तहको परीक्षामा १ नम्बरमा सिफारिस हुनुभएका क्याम्पसका छात्रा एलिसा घिमिरेलाई सम्मान गरिएको छ । अतिरिक्त क्रियाकलाप समन्वय समितिले वार्षिकोत्सवको अवसरमा आयोजना भलिबल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलगायत प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्य तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षमा समापन कार्यक्रम भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै योजनामन्त्री काफ्लेले देशको सम्पूर्ण ठाउँको विकास हुनका लागि शैक्षिक क्षेत्रको विकास हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले शैक्षिक क्षेत्रको विकासको कार्यलाई प्राथमिकता दिएको दावी गर्नुभयो । उहाँले आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हेटौंडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पराजुलीले हेटौंडा क्याम्पसले मकवानपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योग्दान दिएको धारणा राख्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका सभापति अभि मैनालीलगायतले मन्त्वय व्यक्त गर्नुभएको थियो ।

Exit mobile version