Home मुख्य समाचार मकवानपुर बहुमुखी क्याम्पसमा ५१ जनाले गरे रक्तदान

मकवानपुर बहुमुखी क्याम्पसमा ५१ जनाले गरे रक्तदान

रक्तदान गर्दै रक्तदाता ।

हेटौंडा : नेकपा एमाले निकट संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । बिहीबार हेटौँडा–२ स्थित क्याम्पस परिसरमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा १२ जना महिला र ३९ जना पुरुषले रक्तदान गरेका हुुन् । रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । अनेरास्ववियु क्याम्पस कमिटीका संयोजक प्रसिद्ध रेग्मीको सभाध्यक्षमा तथा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य आकाश अधिकारीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य भूपेन्द्र राना मगर, जिल्ला कमिटी उपाध्यक्ष नवराज शर्मा पौडेल, शिव पुलामी मगर, जिल्ला कमिटी सहसचिव जस्प्रिता अधिकारी, अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस इकाई कोषाध्यक्ष ईशा पाख्रिनको उपस्थिति रहेको थियो ।

Exit mobile version