Home मुख्य समाचार दुर्घटनामा काभ्रेका रामसिंको मृत्यु, मकवानपुरका कृष्णको अवस्था गम्भीर

दुर्घटनामा काभ्रेका रामसिंको मृत्यु, मकवानपुरका कृष्णको अवस्था गम्भीर

हेटौँडा : काभ्रे जिल्लाको तेमाल गाउँपालिका–३, कुन्डोलमा बस दुर्घटना हुँदा काभ्रे जिल्लाको तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिं तामाङको मृत्यु भएको छ । तामाङ बसको साहु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जन्ती पु¥याएर फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको खाली बस टर्निङमा व्याक गर्ने क्रममा २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै बसका चालक मकवानपुर जिल्लाको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाईते भएका छन् । ब्लोनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाईएको छ ।

Exit mobile version