रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । सोमबार बिहान हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा १९ जना पुरुष र २ जना महिलाले रक्तदान गरेका हुन् । रक्त सञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा तथा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य–सचिव दीपक लामाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा कार्यालय प्रमुख माधव कोइराला, खेलकुदका सदस्य मदन उप्रेती, मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्य लगायतको उपस्थिति रहेको छ ।