रिसिका श्रेष्ठ


साथि । हामीले सँगै बिताएका ती रमाइला पलहरु मैले कहाँ बिर्सिन सक्छु र । तिमीले मलाई सानै उमेरदेखि हात समाएर हरेक सुख दुःखमा म सँगै हिँडेर साथ दिएका छौं । अहिले तिम्रो बारेमा सम्झिँदै गर्दा साँचैसोँचमा डुब्छु अनि मेरो मनभित्रबाट धेरै प्रश्नहरु उठ्छन् । पहिला जसरी हामीले सँगै रमाईला पलहरु बितायाँ, मिठा मिठा कुराकानी गर्‍यो फेरि ती दिनहरु कहिले आउने होला ।

मान्छु हाम्रो पहिलाको जसरी कुराकानी अहिले हुँदैन तर यसको अर्थ यो होइन कि मैले तिमीलाई बिर्सँे । मैले तिमीलाई कहिल्यै बिर्सिन सक्दिन र कहिल्यै पनि माया मार्न सक्दिन । किनभने तिम्रो माया मार्नुको अर्थ हो मैले मेरो आफ्नो माया मार्नु । म मेरो मनको गहिराइमा बसेर तिमीले दिएको साथ, सहयोग, स्नेह र सम्मानले नै भरिपूर्ण छु ।

म तिमीले र मैले सँगै बिताएका ती पलहरु सम्झिन्छु र मेरो ओठमा मिठा मुस्कानको साथसाथै मेरा आँखाबाट ती भावनाका थोपाहरु खस्ने गर्दछन् । सानो–सानो कुरामा पनि हाम्रो झगडा पर्ने तर त्यसको दुई मिनेट फेरि एक अर्कालाई हँसाएर बोलिहाल्ने मिठा–मिठा गफहरु गर्ने मलाई अहिले पनि याद आउँछ । साथी यति कुरा सधै याद राख मैले तिमीलाई कहिल्यै बिर्सिन सक्दिन किनभने तिमी त मेरा हृदयमा बसिसकेका छौ । तिमीले मेरो लागि जति गरेको छौ सायद मैले धेरै कम गरेको छु होला । म सँग तिम्रो लागि केहि नभएपनि हाम्रो सम्बन्धलाई सधँै स्नेह, सद्भाव, सम्मान र साथले भरिपूर्ण राख्ने वाचा भने म अवश्य गर्न सक्छु ।

यदि कुरा सधै याद राख है म तिमीलाई बिर्सिन खोजेपनि तिम्रो त्यो सहयोगले मलाई भुल्न दिने छैन । साथी म सधैं तिम्रो हात समाएर तिमीसँगै त नरहुँला तर तिमीलाई यति धेरै सम्मान र स्नेह दिनेछु कि हजारौं मानिसको भीडमा पनि तिमीले मलाई खोज्ने छौ । मलाई आशा छ हाम्रो सम्बन्ध फेरि पहिलाको जस्तै हुनेछ र म जति नै टाढा गएपनि तिमीलाई कहिल्यै भुल्ने छैन ।
(बालजागृति इङ्लिस सेकेन्डरी स्कुल, कक्षा–९)