रितिमा सापकोटा

आमा मेरी भन्थिन् सधैं, धेरै–धेरै पढ्नुपर्छ
वेशिबाट एकादिन तिमी शिखरमा चढ्नुपर्छ ।।
गरिबीमा बाँचेका छौ गरिबीसँग लड्नुपर्छ
हिँड्दा तिमी लड्यौ भने अघि बढ्नुपर्छ ।।

यहि देशमा जन्म्यौ तिमी, यहि देशको लागि मर्नुपर्छ
झरना झैँ झरझर गरी, यहि देशमा झर्नुपर्छ ।।
बाँझा छन् खेतबारी, माटो सम्याई गोड्नुर्छ
अनेक धर्म, संस्कृतिलाई एकै ठाउँमा जोड्नुपर्छ ।।

आमा मेरी भन्थिन् सधैँ आखिर एकदिन मर्नुपर्छ
फुल जस्तो जीवन बनाई, फुल बनी झर्नुपर्छ ।।
विदेश गाछन् छोराछारी अब घरमा डाँक्नुपर्छ
आफ्नै घर स्वर्ग बनाई आफ्नै घरमा राख्नुपर्छ ।।

बाबा पनि बिरामी छन् तिनको सेवा गर्नुपर्छ
बुद्धको यो शान्त सन्देश संसार मै छर्नुपर्छ ।।

बालाजागृति इंग्लिस सेकेन्डरी स्कुल, कक्षा–१०