हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७, सातकिलोमा बस अनियन्त्रित भई पल्टँदा १ जनाको मृत्यु भएको छ । आइतबार राती १० बजेको समयमा पृथ्वीलोकमार्गमा भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टँदा बसमा सवार एक जना महिलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा दोलखाकोे भिरकोट गाउँपालिका बस्ने ५० वर्षीया पार्वती काफ्लेको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् भने १४ जना मध्यम र ७ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।