हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१, बलौटामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार १४ वर्षीय अर्जुन माझी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार साँझ ६ बजेर ४५ मिनेटको समयमा मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मरिणतर्फ जाँदै गरेको सिमेन्ट र रड लोड भएको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका माझीको उपचारको क्रममा काठमाडौंस्थित केएमसी अस्पताल काठमाडौंमा मृत्यु भएको हो । उपचारको क्रममा माझीको आइतबार दिउँसो ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।