उर्मिला लामालाई संयोजक चयन गरेपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजकमा उर्मिला लामा चयन हुनुभएको छ । बिहीबार पार्टी कार्यालयमा भएको विशेष भेलाले प्रजातान्त्रिक महिला संघको संयोजकको जिम्मेवारी लामालाई दिएको हो । संयोजक लामाले जिल्लाको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताइएको छ ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि समितिको कार्यकाल ३ वर्षको रहनेछ । राप्रपाका प्रदेश सचिव गुञ्जन न्यौपानेको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलामा जिल्ला उपाध्यक्ष अर्जुन गौतम, प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव सरस्वती थिङ र प्रदेश सदस्य खुशी कार्कीको उपस्थिति रहेको थियो ।