लागूऔषध गाँजासहित पक्राउ परेका जीवन र बिक्रम ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–२ का ३८ वर्षीय जीवन स्याङ्बो र हेटौँडा–१५ का ३१ वर्षीय बिक्रम लामा लागूऔषध गाँजासहित बारा जिल्लाको पथलैयाबाट पक्राउ परेका छन् ।

मंगलबार बिहान ६ बजेर १० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको पथलैयाबाट जीवन र बिक्रमलाई ७ केजी लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००५ प ७२६६ नम्बरको स्कुटर रोकेर सुरक्षाजाँच गर्दा लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।