हेटौँडाः बागमती प्रदेश सभामा सर्वदलीय बैठक सुरु भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको सर्वदलीय बैठक डेढ घण्टा ढिला गरी सुरु भएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा प्रदेश सभा सचिवालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

सत्तापक्ष र प्रतिपक्ष बीचको बजेटमाथिको विवाद समाधान गर्नेगरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बजेट माथिको विवादका कारण प्रदेशसभाको बैठकसमेत प्रभावित हुँदै आएको छ। उक्त विवादका कारण गत माघ १८ गते आह्वान गरिएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची अन्तिम समयमा स्थगित गरिएको थियो । बजेटमाथिको विवादका कारण प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको चेतावनीपछि १८ गतेको संसद्को कार्यसूची नै स्थगित गरिएको थियो । विधेयक पेश हुने कार्यसूची रहेको उक्त बैठक बैठक प्रतिपक्ष दलको चेतावनीपछि स्थगित गरिएको थियो । प्रतिपक्षी दल माओवादी केन्द्रले बजेटमाथिको विवाद बजेटमाथिको विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभाको बैठक का काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको थियो ।