वाहमा सहभागी बालिकाहरु ।

हेटौँडा ः हेटौँडामा सामूहिक बेलविवाह सुरु भएको छ । हेटौँडा–१०, बसपार्कस्थित सामूहिक बेलविवाहका लागि गुठीले व्यवस्थापन गरेको सार्वजनिक स्टलमा आज आइतबार र भोलि सोमबार दुई दिन हुने बेलबिवाहमा ७२ कन्या सहभागी छन् ।

ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठी हेटौँडाको आयोजनामा २०२९ सालदेखि सामूहिक बेलविवाहको कार्य हुँदै आएको छ । मौलिक परम्परा र संस्कारअनुसार ईहि यज्ञका लागि गुरु, गुरुआमा व्यवस्थापन गर्न सहयोग पुग्ने उद्देश्यले गुठीले सामूहिक बेलविवाहको प्रचलन सुरु गरेको हो ।