हेटौँडा ः मकवानपुरको बकैया गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव समारोह बुधबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले तीन दिन फरक–फरक कार्यक्रमको आयोजना गरेको छ ।
पहिलो दिन सोमबार विद्यार्थी, अभिभावक र शिक्षकबाट निर्माण गरिएका शैक्षिक सामग्रीको प्रदर्शन गरिएको थियो । त्यसैगरी दोस्रो दिन बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गैतमको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपम उद्घाटन गरिएको प्रधानाध्यपक देवकी सिग्देलले जानकारी दिनुभयो । दोस्रो दिन मंगलबार विद्यालयमा महेन्द्र ईलोक्ट्रोनिक वर्कसपको प्रमुख अतिथि प्रेम बहादुर पुलामीले उद्घाटन गर्नुभयो । प्राविधिक धारका विद्यार्थीहरुलाई मध्यनजर गर्दै वर्कसप संचालन गरिएको र वर्कसपमा विद्यार्थीहरुले फुर्सदको बेला कार्य गर्ने छन् । आएको मुनाफाको ६० प्रतिशत प्राविधिक विद्यार्थीलाई ४० प्रतिशत विद्यालयको खातामा जाने प्रधानाध्यापक सिग्देलले जानकारी दिनु भयो ।
कार्यक्रमको अन्तिम दिन बुधबार साँकृतिक कार्यक्रम, कविता प्रतियोगिता र विभिन्न खेलकुद प्रतियोगिता गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गैतमको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन गरिएको हो । तीन दिने कार्यक्रममा पूर्वविद्यार्थी जगत लामाद्वारा लेखिएको गीतमा छायाङ्कन गरिएको प्रधानाध्यपक सिग्देलले बताउनु भयो । समारोहमा प्रतियोगितामा सहभागी सम्पूण विद्यार्थी र प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई सम्मान गरिएको हो । साथै निवृत शिक्षक राधेश्याम राई र विद्यालय गीतका परिकल्पनाकार जगत लामालाई सम्मान गरिएको प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिनु भयो ।










