बस्तीपुर जेसीज अध्यक्ष सन्तोष उप्रेतीलाई पदस्थापित गरिँदै ।

हेटौंडाः बस्तीपुर जेसीजको अध्यक्षमा सन्तोष उप्रेती पदस्थापित हुनुभएको छ । वर्ष २०२५ का अध्यक्ष उप्रेतीलाई वर्ष २०२४ का अध्यक्ष अमृत पाठकले पद हस्तान्तरण गर्नुभएको हो ।

गत पुस २६ गते सम्पन्न निर्वाचनबाट उप्रेती २०२५ का लागि सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको थियो । बस्तीपुर जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुरज लामिछाने पनि पदस्थापित हुनुभएको छ । यस्तै, उपाध्यक्ष पदमा आरती पाठक, अरुण बर्तौला, आयुष्मा लामिछाने र सूर्यबहादुर गोलेलाई पनि पदस्थापन गरिएको छ ।

अध्यक्ष उप्रेतीले कोषाध्यक्षमा हरेराम कटुवाललाई मनोनित गर्नुभएको छ । उहाँले कानुनी सल्लाहकार राम गिरीसहित १४ जनालाई विभिन्न पदमा नियुक्त गर्नुभएको निवर्तमान अध्यक्ष पाठकले जानकारी दिनुभयो । विदेश गएका र ४० वर्ष उमेर नाघेका सदस्यहरुलाई हटाइएको उहाँले जानकारी दिनुभयो । हाल बसामाडी जेसीजमा ६४ जना सदस्य रहेका छन् ।

पदस्थापन कार्यक्रम निवर्तमान अध्यक्ष पाठकको सभाध्यक्ष तथा बागमती प्रदेशेको संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यमा भएको थियो ।