रक्तदान गर्दै रक्तदाता

हेटौँडाः दशौं राष्ट्रिय योग दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । शनिबार पतंजली योग जिल्ला समिति मकवानपुरको आयोजनामा बुद्धचोकमा रक्तदान कार्यक्रम भएको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटनले जानकारी दिनुभयो ।

कार्यक्रममा पतंजली योग युवा समिती मकवानपुरको संयोजकत्व र हेटौँडा उपममहनगर पालिकाको आर्थिक सहयोगमा रहेको थियो । रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको कार्यक्रममा ५ जना महिला र १८ जना पुरुषले रक्तदान गरेका हुन् ।