मन्त्री नेपाल (दायाँ) र सचिव वाग्ले (बायँ) बीच कार्यसम्पादन करार पत्र आदानप्रदान गरिँदै ।

हेटौंडाः बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा बुधबार सचिव शिवप्रसाद वाग्लेसँग बुधबार कार्यसम्पादन सम्झौता गर्नुभएको छ । यसअघि मन्त्री नेपालले मुख्यमन्त्री डोरमणि पौडेलसँग साउन १ गते कार्यसम्पादन करार गर्नुभएको थियो । सचिवसँग कार्यसम्पादन करार गरेपछि मन्त्री नेपालले समयमानै काम सक्नेगरी करार गरिएको बताउनुभयो ।

कार्यसम्पादन करारले बजेटमा उल्लेख गरिएका कार्यक्रम समयमा नै सक्नका लागि सहयोग पुग्ने पनि मन्त्री नेपालको भनाइ छ । चालु आर्थिक वर्षमा राम्रा कामले सफलता प्राप्त गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । मन्त्रालयमा बुधबार नै मन्त्रालयका सचिव शिवकुमार वाग्लेले प्रदेश वन निर्देशक विद्यानाथ झा र उद्योग निर्देशक कृष्णप्रसाद दाहालका बीचमा कार्यसम्पादन करार गर्नुभएको छ ।