हेटौंडा: हेटौंडा–२ स्थित ज्ञानोदोय बालबाटिका एकेडेमी बोर्डिङ स्कूलको वार्षिक साताव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । सोमबारबाट हेटौंडा–४ स्थित हुप्रचौरमा कार्यक्रम सुरु भएको हो । विद्यालयका क्याप्टेन स्वर्णीम रञ्जितकारको सभाध्यक्ष तथा प्रिन्सिपल बिन्दु गोर्खालीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको छ । शुक्रबारसम्म चल्ने प्रतियोगितामा कक्षा–६ देखि कक्षा–९ सम्मका विद्यार्थीको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन एथ्लेटिक्सतर्फको १ सय मिटर र २ सय मिटर दौडको प्रतिस्पर्धा सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रितेश कलवारले जानकारी दिनुभएको छ । उहाँका अनुसार मंगलबारसम्म फुटबल, क्रिकेटलगायतका खेलहरु सञ्चालन हुनेछन् भने बुधबार, बिहीबार र शुक्रबार इन्डोरका खेलहरु सञ्चालन हुनेछन् ।
सोमबार कक्षा ५ देखि ९ सम्मका छात्र/छात्राको सहभागितामा १ सय मिटर दौड र कक्षा ६ देखि ९ सम्मका छात्र/छात्राको सहभागितामा २ सय मिटर दौड सम्पन्न भएको छ । १ सय मिटर दौडमा छात्रतर्फ कक्षा ५ बाट सुरज शाह प्रथम, आरज्ञ चौलागाईं द्वितीय र विशेष स्याङ्तान तृतीय भएका छन् । कक्षा ६ बाट आयुष विश्वकर्मा, मोहित अधिकारी र ओस्कार सेञ्चुरी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । यस्तै, कक्षा ७ बाट आसिफ सिद्धकी प्रथम, सरोज रुम्बा द्वितीय र समीर राजथला तृतीय भएका छन् । कक्षा ८ बाट पंकज चौधरी, आर्यन लामा र नयन मानन्धर क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने कक्षा ९ बाट मधु आले मगर प्रथम, रिजन मानन्धर द्वितीय र गणेश बिरु तृतीय भएका छन् ।
छात्रातर्फ १ सय मिटर दौडमा कक्षा ५ की रस्मिका दहाल प्रथम, परी शिवाकोटी द्वितीय र आश्रिता बर्तौला तृतीय भएकी छिन् । कक्षा ६ की एलना राजथला प्रथम, आयुश्री कंसाकार द्वितीय र साइना खातुन तृतीय भएकी छिन् । कक्षा ७ की रुथ लामा प्रथम, टिना लामा द्वितीय र सुप्रिया श्रेष्ठ तृतीय भएकी छिन् । कक्षा ८ की कृषा बानियाँ प्रथम, संस्कृति गिरी द्वितीय र प्रविसा अधिकारी तृतीय भएकी छिन् । यस्तै, कक्षा ९ की निस्मा गौतम प्रथम, परिधि वैद्य द्वितीय र निशिका जोशी तृतीय भएकी छिन् ।
२ सय मिटर दौडमा छात्रतर्फ कक्षा ६ का आयुष विक, मोहित अधिकारी र रोयन लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा ७ का असिफ सिद्धकी, आदित्य न्यौपाने र रसिक मोहम्मद क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा ८ बाट पंकज चौधरी, सुवास घलान र आर्यन लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा ९ का मधु आले मगर प्रथम, गणेश गिरी द्वितीय र रिजन मानन्धर तृतीय भएका छन् ।
छात्रातर्फ कक्षा–८ बाट कृषा बानियाँ प्रथम, प्रविसा अधिकारी द्वितीय र संस्कृति गिरी तृतीय भएकी छिन् । कक्षा–९ बाट निश्मा गौतम प्रथम, निशिका जोशी द्वितीय र परिधि वैद्य तृतीय भएकी छिन् ।
वार्षिक खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट, फुटबल, भलिबल, व्याड्मिन्टन, बास्केटबल, टेबल टेनिस, स्क्र्याबल, हाजिरीजवाफ, बिस्तारै दौडलगायतका प्रतियोगिताहरु सञ्चालन हुनेछन् । बोर्डिङले वार्षिकरुपमा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ । प्रतियोगितामा करिब २ सय जना विद्यार्थीको सहभागिता रहने संयोजक कलवारले बताउनुभयो ।
विद्यार्थीलाई खेलकुदको महत्वबारे बुझाउन, रुचि क्षमताको अभिवृद्ध गर्न र एक अर्काबीच भातृत्व कायम गराउनका लागि प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । प्रतियोगितामा प्रत्येक खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ ।