हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माध्यमिक विद्यालयमा अध्ययनरत् विपन्न विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाकसुट) सहयोग गरेको छ । बिहीबार विद्यार्थीलाई १ सय ६२ थान विद्यालय पोशाक (ट्रयाकसुट) सहयोग गरिएको रोटरी क्लब अफ हेटौंडाका निर्वाचित अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।
हेटौंडा–१८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँ र हेटौंडा उपमहानगरका पूर्वमेयर हरिबोल महतको विशेष आतिथ्यमा विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष प्रकाश ढकाल, बसन्त रोक्का, कवि श्रेष्ठ, सोनी श्रेष्ठ, शिक्षक र विद्यार्थीलगायतको उपस्थिति थियो ।