Home खेलकुद माघ १८ गतेदेखि मकवानपुर क्याम्पसमा खेलकुद कार्यक्रम हुँदै

माघ १८ गतेदेखि मकवानपुर क्याम्पसमा खेलकुद कार्यक्रम हुँदै


हेटौंडाः आगामी माघ १८ गतेदेखि हेटौंडा–२ स्थित मकवानपुर बहुमखी क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा क्याम्पसको ४५ औं वार्षिक उत्सवको अवसरमा माघ १८ गतेदेखि २८ गतेसम्म वार्षिक खेलकुद कार्यक्रम हुने भएको हो ।

मंगलबार स्ववियु मकवानपुर क्याम्पसका अध्यक्ष छोइसाङ लामाले एक सूचना जारी गर्नुहुँदै विभिन्न खेलहरुसँगै अन्य अतिरिक्त क्रियाकलाप हुने जानकारी गराउनुभएको छ । प्रकाश मिजारको संयोजनमा पहिलो दिन १८ गते महिला÷पुरुष बास्केटबल, सुजन सिलवालको संयोजनमा माघ २० गते महिला÷पुरुष भलिबल, २२ गते प्रसिद्ध रेग्मीको संयोजनमा क्रिकेट, सुभाष सिंहको संयोजनमा डोरी तान्ने प्रतियोगिता, उन्नी देवकोटाको संयोजनमा गायन, २३ गते अभ्युदय खनालको संयोजनमा दौड प्रतियोगिता हुने स्ववियुले जनाएको छ ।

यस्तै, माघ २३ गते राहुल डिम्डुङको संयोजनमा नृत्य, बुद्ध बरामको संयोजनमा महिला पुरुष फुटबल, माघ २७ गते झरना थिङको संयोजनमा डोरी तान्ने खेल, २७ गते राहुल डिम्डुङको संयोजनमा हाजिरीजवाफ र हिमानीकुमारी सुवेदीको संयोजनमा गजल बाचन हुने बताइएको छ ।

Exit mobile version