हेटौंडाः चितवन जिल्लामा भएको सवारी दुर्घटनाबाट मोटसाइकल चालकको मृत्य भएको छ । चितवनको भरतपूर महानगरपालिका वडा–४,स्थित अध्यचोकमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोकिएर दुघर्टना हुँदा मोटरसाइकल चालकको मृत्य भएको हो । मृत्यु हुनेमा गोर्खा जिल्ला लखन गाउँपालिका वडा नम्बर–३ वस्ने ५८ वर्षीय मोटरसाइकल चालक यमबहादुर आले रहेका छन् ।

प्रहरीका अनुसार भरतपुरको विशालचोकबाट धर्मचोक तर्फ जाँदै गरेको ना ५ च९४८ नं. को बलेरो र आनन्दचोकबाट बाह्रघरे तर्फ जाँदै गरेको ना ४९ प २९३७नं. को मोटरसाइकल ठोकिँदा घाइते भएका आलेलाई उपचारका लागि नयाँ मेडिकल कलेजभरतपुर पठाइएको थियो । आलेको उपचारको क्रममा ३ बजेर १५ मिनेटमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । बोलेरो चालकदिव्यनगर वसोवास गर्ने ३४ वर्षीय गणेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएकोजनाइएको छ ।