हेटौँडा ः थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा हेटौँडामा पनि माघी महोत्सव सुरु भएको छ । थारु समुदायले हेटौँडामा सातौं थारु महोत्सवको आयोजना गरेको हो ।
थारु कल्याणकारिणी सभा मकवानपुरको आयोजनामा हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा थारु महोत्सव आयोजना गरेको हो । महोत्सवको उद्घाटनअघि भूटनदेवी माध्यमिक विद्यालयको खेल मैदानबाट र्यालीको निकालिएको थियो । हेटौँडा बजारको सिमाचोक, बुद्धचोक र कान्तिलोकपथ हुँदै भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आएर सभामा परिणत भएको थियो ।
र्यालीमा थारु पुरुष तथा महिलाहरु मौलिका पोशाकमा सजिएका छन् । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा माघी महोत्सवको उद्घाटन समारोह भएको हो । माघी महोत्सव आयोजनाबाट थारु समुदायको संस्कृति, रितिरिवाज, परम्परा, भेषभुषा जगेर्नामा सहयोग पुग्ने विश्वास छ । महोत्सवमा थारु समुदायको मौलिक नृत्य, गायन कला प्रस्तुतीका साथै मौलिक परिकारका स्टलहरु समेत रहेका छन् ।