गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–१७, चुच्चेखोलाका राम तिमल्सिना मृत भेटिएका छन् । ५८ वर्षीय तिमल्सिना घर नजिकैको खोल्सीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । छारे रोगबाट पीति तिमल्सिना खोल्सीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो २ बजेको समयमा खोल्सीमा अचेत भेटिएका तिमल्सिनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीको भनाइ छ ।