Home मुख्य समाचार वृद्धा नन्दमाया मृत फेला

वृद्धा नन्दमाया मृत फेला

हेटौँडाः सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, बवलामा एक जना वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७० वर्षीया नन्दमाया सुनुवार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो १ बजेको समयमा नन्दमाया घरमा कोहि कसैलाई नसोधी बेपत्ता भएकी थिइन् । नन्दमाया साँझासम्म घर नआए पश्चात परिवार तथा स्थानियहरुले खोज तलास गर्दै जाँदा मंगलबार बिहान ११ बजेको समयमा फिक्कल गाउँपालिका–४, शाखर खोलाको दोभान सुनकोसी नदीको किनारमा पानीमा डुबि मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकोे छ ।

Exit mobile version