सांकेतिक तस्वीर ।

हेटौँडाः नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बसुन्चेतमा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको खनियाबास गाउँपालिका–५ मावरका ८९ वर्षीय फैसिङ तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

तामाङ शुक्रबार छोरीको घर धादिङ सेमजुङ हिडेकोमा मंगलबार दिउँसो १२ बजेको समयमा जंगलमा बाटोदेखि १५० मिटर तल भिरमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा तामाङले आखा राम्रो संग नदेख्ने बुझिएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि अस्पताल नुवाकोट लगिएको छ ।