Home मुख्य समाचार लडेर घाइते भएका चेपाङको उपचारको क्रममा मृत्यु

लडेर घाइते भएका चेपाङको उपचारको क्रममा मृत्यु

हेटौँडाः चितवन जिल्लाको कालिका नगरपालिका–८, गैरीवारीमा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय राम बहादुर चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गत बुधबार दिउँसो २ बजेको समयमा चेपाङ घर नजिकै रहेको अमिलिया जंगलमा टाटरीको घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । घाइते चेपाङलाई उपचारका लागि सरकारी अस्पताल भरतपुरमा लगिएको थियो । उपचारको क्रममा चेपाङको मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version