हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न मास्कको प्रयोगका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुर प्रहरीले मंगलबार र्याली निकालेका छन् । लकडाउन खुकुलो हुँदै जाँदा मानिसहरुले मास्क नलगाउने, भौतिक दूरी कायम नगर्ने जस्ता समस्या देखिएकाले सचेतनाका लागि र्याली निकालिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख हरीविष्णु ढकालले बताउनुभयो ।
र्यालीमा सबैले मास्क लगाऔं, मास्क नलगाए दण्ड जरिवाना गरिन्छ, आफु पनि बचौं, अरुलाई पनि बचाऔं, सचेत बनौं जस्ता सचेतनामूलक प्ले कार्ड बोकेर प्रहरीले र्याली निकालेको थियो । जिल्ला प्रहरी कार्यालयबाछ सुरु भएको र्याली हेटौंडा बजारको मुख्यचोक बुद्धचोकमा पुगेर समापन भएको थियो ।