हेटौँडा ः हेटौँडा–४, प्रगतिपथकी नबदिन अन्सारीकी १७ वर्षीया छोरी साबा खातुन बेपत्ता भएकी छिन् । सोमबार दिउँसो १ बजेदेखि २ बजेको समयमा खातुन घरमा कोही कसैलाई नसोधी आफू खुसी निस्केर हिँडेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

खातुन हराएको भनी मामा अलाउदिन अन्सारीले सोमबार राति ८ बजेर ३० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दर्ता गरेका थिए । खातुन हालसम्म कोही कसैको सम्पर्कमा नरहेको प्रहरीको भनाइ छ । खातुनको उचाई ४.५ फिट, गहुँ गोरी वर्णको (पातली शरीर), कालो कपाल, कालो पाईन्ट, क्रिम कलरको आउटर लगाएको मामा अलाउदिन अन्सारीले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।