हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठनको शनिबार दुई पालिकामा अधिवेशन सम्पन्न भएको छ । संगठनको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको हो । संगठनको भीमफेदी गाउँपालिकाको अध्यक्षमा मधुसूदन पुडासैनी सर्वसम्मत चयन हुनुभएको छ ।
उपाध्यक्षमा अनिशा डोटेल र सूर्यबहादुर तितुङ, सचिवमा राजेन्द्र ढकाल, सहसचिवमा राधिका आचार्य, कोषाध्यक्षमा जीतबहादुर कार्की र सहकोषाध्यक्षमा रोजिता रोक्का चयन हुनुभएको छ । सदस्यहरुमा उमेश थिङ, मीनबहादुर रजान मगर, सुनिता थापा, भवानी सापकोटा, सुदर्शन पुडासैनी, मीना गुरुङ, शिवकुमार आचार्य, पुष्प अधिकारी, मानबहादुर नेगी, मञ्जु सापकोटा, कोसेली रुम्बा, सुस्मिता बर्तौला, मेनु तामाङ, रमेश बल, निर्मला धिताल, पूजा चौधरी र अनिता वाइबा चयन हुनुभएको हो ।
अधिवेशन भीमफेदी गाउँपालिकाको विभिन्न वडाका लागि अध्यक्षसमेत चयन गरेको छ । वडा नम्बर १ मा मञ्जु गुरुङ, २ मा शान्ति राना, ३ मा सरस्वती तामाङ, ५ मा शर्मिला अधिकारी, ६ मा निर्मला राजथला, ७ मा रामलाल बज्यु, ८ मा सोमबहादुर भ्लोन, ९ मा गौरी कँडेललाई संगठनको अध्यक्षमा चयन गरिएको छ । भीमफेदीको ४ नम्बर वडामा भने अध्यक्ष पद खाली रहेको छ ।
यसैगरी, नेपाल राष्ट्रिय शिक्षक संगठन बकैया गाउँपालिका समितिको तेस्रो अधिवेशनले छवि राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बकैयाको हात्तीसुँडेमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा राई चयन हुनुभएको हो । संगठनको महिला उपाध्यक्षमा तिलकुमारी गुरूङ, उपाध्यक्षमा दीपक दुलाल, सचिवमा हीरालाल जिम्बा, सहसचिवमा बालकुमार दहाल, कोषाध्यक्षमा मधुसूदन हुमागाईं र सहकोषाध्यक्षमा नानीमैयाँ बजगाईं चयन हुनभएको छ ।
यस्तै, सदस्यहरुमा देव लामा, पवनसिंह घलान, प्रकाश थापा मगर, राजकुमार तिमल्सिना, लोकेन्द्र घलान, विद्या भण्डारी, हरिशरण न्यौपाने, भवानी तिमल्सिना न्यौपाने, प्रमिला तिमल्सिना, सुनिता भोम्जन र सविना ढकाल चयन हुनभएको छ ।