हेटौँडा ः हेटौँडा–२, बुद्धचोकस्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न सहकारीको १५औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी दाहाल, सचिवमा सुशान्त तिमल्सिना, कोषाध्यक्षमा भवनाथ दहाल चयन हुनुभएको छ भने सदस्यमा मोहनप्रसाद घिमिरे, बद्रिप्रसाद लम्साल, सुदर्शन खतिवडा, अनिल बस्नेत र अन्नपूर्ण अमुगाई चयन हुनुभएको छ । यस्तै लेखासमिति संयोजकमा लक्ष्मण पराजुली, सदस्यमा नेत्रमणि इटेनी र दोलकुमारी दहाल चयन हुनुभएको छ ।

साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहरकारीको आर्थिक वर्ष २०८०/८१ मा शेयर पुँजी ३ करोड १९ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस्तै, सहकारीको निक्षेप संकलन ९ करोड ९० लाख ८१ हजार रुपैयाँ रहेको छ भने ९ करोड ३७ लाख ५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा ४ सय ९१ जना शेयर सदस्य रहेका छन् ।