Home मुख्य समाचार लटरम्मेश्व मन्दिर जाने क्रममा भिरमा फेसेका चारका उद्धार

लटरम्मेश्व मन्दिर जाने क्रममा भिरमा फेसेका चारका उद्धार

हेटौँडाः मकवानपुरका भीमफेदी गाउँपालिका–८, स्थित लटरम्मेश्वर महादेव मन्दिर जानेक्रममा भिरमा फेसेका चार जनाको सेना र प्रहरीले उद्धार गरेका छन् । मंगलबार बिहान १० बजेर १० मिनेटको समयमा मन्दिरमा जाने क्रममा तारे भिरमा फसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

भिरमा फेसेको खबर पश्चात इलाका प्रहरी कार्यालय र महादेवटारस्थित नेपाल सेनाको वेश क्याप्पबाट गएको प्रहरी टोलीले मङ्गलबार साँझ ५ बजेको समयमा उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भिरमा फेसेका काठमाडौं महानगरपालिकाका रहेका छन् । भिरमा फसेका काठमाडौं महानगरपालिका २ की ३६ वर्षीया मधुलिका सिंह ठकुरी, २४ वर्षीय पुकार सिलवाल, ३५ वर्षीया निर्जला शाक्य र ३४ वर्षीया सिर्जना महर्जनलाई उद्धार गरिएको हो ।

Exit mobile version