सुशील सुवेदीको अध्यक्षतामा गठित समितीको तस्वीर ।

हेटौँडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७, नागस्वतीस्थित हेटौंडा एडभेञ्चर क्लबको अध्यक्ष पुन सुशील सुवेदी चयन हुनुभएको छ । शनिवार हेटौंडा–१८, हर्नामाडीस्थित गुम्बाडाँडा पार्कमा भएको हेटौँडा एडभेञ्चर क्लबको प्रथम वार्षिक साधारणबाट सुवेदीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । क्लबको उपाध्यक्ष पुरुषोत्तम रिमाल, सचिव मनोज कुमार गौतम, सहसचिव सिताराम तिमल्सिना र कोषाध्यक्ष जमुना गौतम चयन हुनुभएको छ ।

यस्तै, सदस्यमा अशोक चौलागाई, निसना आचार्य, लक्ष्मी अधिकारी, ओम प्रसाद फुयाल, अप्सरा पौडेल, विक्रम लुइटेल र बिजयराज थिङ चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्ष सम्मको रहनेछ । क्लबले सामाजिक खेलकुद तथा पर्यटकिय क्षेत्रमा कार्य गर्दै आईरहेको अध्यक्ष सुशील सुवेदीले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ क्लबले समाजिक र पर्यटकीय क्षेत्रमा गरेको कार्यप्रति खुशी व्यक्त गर्नुभएको छ । उहाँल क्लवले गर्ने कार्यक्रमको उचित योजना बनाएर पेश गरेका प्रदेश सरकारबाट समेत सहयोग हुने बताउनुभयो ।

सभामा निवर्तमान वडा अध्यक्ष राजन थापा, टिम टेलिभिजन का अध्यक्ष नवराज खतिवडा, समाजसेवी सुबोध रिमाल, समाजसेवी उर्मिला श्रेष्ठ, सल्लाहकार किरण लामिछाने, प्रेम प्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।