हेटौँडा ः हेटौँडामा एक युवकको चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । हेटौंडा–११ नवलपुर, शान्तिटोलका अमित कोईरालाको चक्कु प्रहारबाट ४ जना घाइते भएका हुन् ।

३० वर्षीय कोइरालाले मादक पदार्थ सेवन गरी विवाद गर्दै चक्कु प्रहार गर्दा आफ्नै आमासहित ४ छिमेकी घाइते भएका छन् । कोइरालाले कुटपिट गर्दै चक्कु प्रहार गर्दा आमा ५० वर्षीया शान्ता कोईराला, छिमेकीहरु १६ वर्षीया सविना पौडेल, ५२ वर्षीय कृष्ण पौडेल र ४८ वर्षीय हरी विडारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । चक्कु प्रहार गर्ने कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।