वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै ।

हेटौँडाः हेटौँडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २९औं वार्षिकोत्सवको अवसरमा सोमबार बिहान एक समारोहका बीच सम्मान कार्यक्रम गरेको छ । सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षता तथा वडाअध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो ।

वार्षिकोत्सवको अवसरमा सहकारीले असल बचतकर्ता, असल ऋणी, ज्येष्ठ सदस्य, एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने सेयर सदस्य परिवारका विद्यार्थीलाई सम्मान गरेको छ । सेयर सदस्य कमल दाहालका छोरा प्रस्तुत दाहाललाई एमबीबीएसतर्फ छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा सहकारीले सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको उपलब्धता पर्याप्त रहेकोले थोरै संख्यामा मात्रै रगत संकलन गरिएको केन्द्रले जनाएको छ ।