लागूऔषध सेवन गरी सवारी चलाएको अभियोगमा पक्राउ परेका तीन जना ।

हेटौँडा ः लागूऔषध सेवन गरी सवारी चलाउने ३ जना चालकलाई प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । शुक्रबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभ¥याङबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ना ६ ख ३१२४ नम्बरको ट्रक चालक सर्लाही जिल्लाको हरिवन नगरपालिका–७ का ३१ वर्षीय अनराज कार्की, ना ६ ख १७२९ नम्बरको ट्रकचालक हेटौँडा–८ का ३२ वर्षीय बिक्रम थापा र ना ४ ख ५१११ नम्बरको ट्याङ्कर चालक मनहरी–९ का ३१ वर्षीय अशोक थोकरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको जनाएको छ ।