आँखा शिविरमा आँखा जाँच गराउन सहभागी भएकाहरु ।

बकैया ः पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा १४ जनामा मोतिविन्दु पुष्टि भएको छ । बिहीबार हेटौँडा सामुदायिक आँखा अस्पताल, बकैया गाउँपालिका र बकैया सामुदायिक आँखा केन्द्रको सहकार्यमा बकैया अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा १४ जनामा मोतिविन्दु पुष्टि भएको हो ।

शिविरमा १५० जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा मोतिविन्दु पुष्टि भएका बिरामिको शनिबार हेटौँडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क आँखाको शल्यक्रिया हुने बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो । बकैया गाउँपालिकाले विभिन्न समयमा शिविर सञ्चालन गर्दै आएको छ ।