नवनियुक्त क्याम्पस प्रमुख बगान सिंह थिङ ।

हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित पदमपोखरी बहुमुखी क्याम्पसको प्रमुखमा बगान सिंह थिङ नियुुक्त हुनुभएको छ । मंगलबार क्याम्पस सेवा समितिले लिएको परीक्षामा उत्तीर्ण हुनुभएसँगै क्याम्पस प्रमुखमा बगान सिंह नियुक्त हुनुभएको हो । क्याम्पस सेवा समितिकी संयोजक विष्णुमाया लामाकाअनुसार सन्तोषकुमार लामा (निबन्ध) ले गत मंसिर १८ गते क्याम्पस प्रमुख पदबाट राजिना दिनुभएसँगै प्रमुख पद रिक्त रहेको थियो ।

समितिले मंसिर २८ गते प्रमुख सन्तोषको राजिनामा स्वीकृति गरेर मंसिर ३० गते पूर्णकालिन करार सेवामा पदपूर्तिका लागि आव्हान गरिएको थियो । नवनियुक्त बगान सिहंले मानविकी संकायमा स्नात्तकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । हेटौंडा–१३, स्थित फेमकल एकेडेमीमा ४ वर्ष प्रिन्सीपलको जिम्मेवारी निर्वाह गर्नु भइसकेको छ । हेटौंडा–१३, मेम्बरचोक निवासी बगान सिंह समाजसेवीसँगै व्यवसायी समेत हुनुहुन्छ । यस्तै हेटौंडा–४ स्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष र विभिन्न संघ, संस्थामा आबद्ध हुनुहुन्छ ।

उहाँले क्याम्पसलाई दिगो रुपमा स्थापित गर्न, पदमपोखरी क्षेत्रलाई शिक्षाको हवको रुपमा स्थापित गर्न अहम् भूमिका निर्वाह गरिने बताउनुभयो । विगतमा बन्द भएर पुनः २ वर्षदेखि सञ्चालनमा आएको क्याम्पसलाई दिगो रुपमा सञ्चालन महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ । क्याम्पसमा ६२ जना विद्यार्थी अध्ययनरत् छन् । व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको क्याम्पसले पूर्ण छात्रवृत्तिमा विद्यार्थीलाई अध्यापन गराउँदै आइरहेको छ ।