हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा पोखरीमा डुबेर एक बालक घाइते भएका छन् । शनिबार बिहान ११ बजेर ३० मिनेटको समयमा २ वर्षीय निराक थिङ आफ्नै घरमा खेलिरहेको अवस्थामा आगन छेउमा रहेको पोखरीमा डुबेर घाईते भएका थिए ।
बालकलाई उपचारका लागि चितवन जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएको छ । बालकको स्वास्थ्य अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।