हेटौँडाः मकवानपुरको भिमफेदि गाउँपालिका–४, धोर्सिङमा छतबाट खसेर ५ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा श्याम डंगोलका ५ वर्षीय छोरा समर डंगोल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार साँझ ६ बजेको समयमा डंगोल आफ्नै एक तले घरको छत्तबाट खसेर टाउकोमा चोट गम्भिर लागि घाइते भएका थिए । घाइते डंगोलको सिएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचारका भईरहेको छ ।