हेटौँडाः हेटौँडा–१६, हटियास्थितमा जनप्रिय नमुना माध्यामिक विद्यालयलाई जन्मदिनको अवसरमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ । शनिबार जन्मदिनको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य एवम् विद्यालयको अनुगमन तथा श्रोत खोजी उपसमितिका संयोजक कृष्णप्रसाद पनेरुले विद्यालयलाई जन्मदिनको अवसमा ५१ हजार सहयोग गर्नु भएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो ।
पनेरुले गरीब, बिपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नयनक लागि विद्यालयको अक्षयकोषमा उक्त रकम हस्तान्तरण गर्नु भएको प्रधानध्यापक चौलागाईले जानकारी दिनुभयो । पनेरुले हरेक वर्ष जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गर्दै आउनु भएको छ । पनेरुले गत वर्ष पनि जन्मदिनको अवसरमा ५१ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको प्रधानध्यापक चौलागाईले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बास्ताकोटीको सभाध्यक्षता तथा वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गिता प्रसाद दुलाल, स्थानीय समाजसेवी महेश ढकाल, कृष्ण प्रसाद सापकोटा, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा २ हजार जना विद्यार्थी अध्ययनरत छन् ।
यस्तै शुक्रबार विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थीलाई न्यानो कपडा सहयोग भएको छ । १ देखि ९ कक्षासम्म अध्ययन गर्ने गरीब, बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ओम साईराम संगठनले न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा वितरण कार्यक्रममा संगठनका उत्तम थापा लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।