हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले गत आर्थिक वर्ष २०८०/८१ को समीक्षा कार्यक्रम आयोजना गरेको छ । जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षता तथा बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा समीक्षा कार्यक्रम भएको हो ।
मकवानपुरका १० वटा पालिकासहित जिल्लास्थित कार्यालय र जिल्लामा क्रियाशील गैरसरकारी संघ, संस्थाहरुले समेत गत आर्थिक वर्षमा गरेका कामको विषयमा समीक्षात्मक प्रस्तुतीकरण गरिएको छ । वार्षिक समीक्षा कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु एका लाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामालगायतको उपस्थिति रहेको थियो ।